विदेश पढ्न जाने विद्यार्थीलाई अब अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट

  २०७६ कार्तिक १ गते ८:०४     विकासन्युज

काठमाडौं। अब विद्यार्थीहरुले नो अब्जेक्सन सर्टिफिकेट(एनओसी) अनलाईनबाट नै पाउने भएका छन्। वैदेशिक अध्ययनको लागि चहिने उक्त सर्टिफिकेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट अनुमतिपत्र दिन लागेको हो।

एनओसी लिनाको लागि विद्यार्थीहरुले मन्त्रालयको एनओसी शाखामा लाइन लाग्नु पर्ने र यो सर्टिफिकेट लिने विद्यार्थीको संख्या बढ्दै गर्दा समस्या भएको कारण मन्त्रालयले अनलाइन अनुमतिपत्र दिन लागेको उच्चशिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिए।

आगामी मंसिर पहिलो सातादेखि अनलाइनबाट वैदेशिक अध्ययन अनुमतिपत्र दिइने सापकोटाले बताए। अनलाइन मार्फत एनओसी दिन सुरु भएसँगै विद्यार्थीले बैंकबाट दस्तुर बुझाई आवेदनको लागि आवश्यक शुल्क बुझाएको बैंक भौचर, आवेदन, शैक्षिक प्रमाणपत्र, अफर लेटरसहितका आवश्यक कागजात विद्यार्थीले अनलाइनबाटै शाखामा पठाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.