सोर्स कोड दिन बाध्य बनाउँदा एनआरएनको निर्वाचनमा मेसिन चलेन: राम-लक्ष्मण

  २०७६ असोज ३० गते १९:४३     विकासन्युज

काठमाडौं । गैर आवासीय नेपाली संघको निर्वाचनमा मतदान गर्ने मेसिनले काम नगर्नुमा आयोजक नै दोषी भएको प्राविधिक काम गर्दै आएको युवा बैंज्ञानिकद्वय राम लक्ष्मण रिसालले बताएको छन् ।

‘जब मेशिन तयार गर्दै गर्दा मेशिनको सोर्स कोड चाहियो नत्र निर्वाचन हुन नदिने भनी एक पक्षले प्राविधिक टोली पठायो । पहिल्यै ढिलो भइसकेको सेड्युलको झण्डै १ घण्टा त्यसैमा बिताउनु पर्यो । प्राविधिक टोलिलाई सोर्स कोड दिन पनि हामी बाध्य भयौं’ मेसिनले काम नगरेको विषय प्रष्टपार्न राम लक्ष्मणले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनीहरुले विगतमा पनि २ पटकसम्म एनआरएनको निर्वाचनमा आफूहरुले तयार गरेको भोटिङ मेशिन प्रयोग भएको र नेपालमा ५० भन्दा बढी निर्वाचनमा यस्तो प्रविधि प्रयोग भएको उनीहरुले बताएका छन् ।

‘मतदाता नामावली देखिनै ढिलो भएको प्रकृयाले उम्मेद्वारको नामावली प्रकाशनमा अत्यन्तै ढिलो भइरहेको थियो । बाहिर रहेका मतदाताको दवाव त्यत्तिकै रहेको र जसरी पनि आश्विन २९ गते नै निर्वाचन गराउन पर्ने भन्ने कुराले हामी लगायत हाम्रा प्राविधिक समूह अत्याधिक तनावमा थियौं’ ज्यादा तनावमा काम गर्नु परेको विषयलाई उनीहरुले जोड दिएका छन् ।

‘मेशिनमा प्राविधिक परीक्षण गरेर तयार पार्नको लागि समय चाहिन्छ भनेर हामीले सम्झौताकै बखतमा अन्तिम नामावलीको प्रमाणित प्रति न्युनतम् ८ घण्टा ( जसमा नामावली चढाउने, परिक्षण गर्ने, १०० नमुना मतदान गर्ने लगायतका कामहरु गर्नुपर्ने हुन्छ ) अघि दिनुपर्ने भन्ने प्रष्टै लेखेका थियौं । तर हामीले ३ घण्टा पनि समय पाएनौं । यस निर्वाचनमा यत्तिका हतारमा काम गर्न पर्ने वाध्यताले गर्दा न त निर्वाचन बाट आधिकारिक नामावली पाउन सक्यौं, न त काम गर्ने समय पनि’ उनीहरुले भनेका छन्–‘उम्मेद्वारकोनाम तस्विर राखिनसक्दै बाहिरको भिड थामिनसक्नु भयो र परीक्षणविनै मतदान शुरु गर्नु पर्ने वाध्यताले मेशिनको बट्टामा नट सम्म कस्न भ्याएनौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.