शिवमकाे २५ देखि १०० बोरा सिमेन्ट किन्नुस्, चाँदीको उपहार पाउनुस्

  २०७६ असोज ३० गते १९:३७     विकासन्युज

काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्सले आउँदै गरेको तिहारलाई लक्षित गदैं “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको छ ।

यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्रामचाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्कीम शुरु गरेको छ ।यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको छ ।

चाँडपर्व लक्षितगरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत थप उत्साह प्रदान गर्दै आइरहेको शिवम् सिमेन्टले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्कार चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो । दिपावलीको शुभकामनासँगै यो तिहार सबैका लागि विशेष तिहार होस् भनी सम्पूर्ण ग्राहक वर्गमा खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.