तिहारको अवसरमा शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

  २०७६ असोज ३० गते १६:५९     विकासन्युज

काठमाडौं । गुणस्तरीय सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्सले हिन्दुहरुकोे महानपर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई चाँदी उपहार प्रदान गर्ने भएको छ । दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक विक्री योजना बजारमा ल्याएको हो ।

यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १ सय बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्ता मुखी स्कीम शुरु गरेको हो । यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ ।

शिवम् सिमेन्टले चाँडपर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत थप उत्साह प्रदान गर्दै आइरहेको छ । सोहि अनुरुप, कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्कार चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो । दिपावलीको शुभकामनासँगै यो तिहार सबैका लागि विशेष तिहार होस् भनी सम्पूर्ण ग्राहकवर्गमा खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ ।

शिवम् सिमेन्टस्ले गुणस्तरमा कहिल्यै सम्झौता नगरौं नारा सहितविभिन्न क्षेत्रहरु जस्तै स्वास्थ्य, शिक्षा, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्ता क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लाण्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, विक्री पछिको निःशुल्क प्राविधिक परामर्श, निरन्तर सेवा र विश्वसनियताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.