भारतको गोवामा चेम्बरको डेक्स स्थापना हुने, पहाड र समुन्द्रलाई व्यापारले जोड्ने घोषणा

  २०७६ असोज ३० गते १६:३७     विकासन्युज

काठमाडौं । भारतको गोवामा नेपाल चेम्बर अफ कमर्शको वपारिक डेक्स स्थापना हुने भएको छ । नेपाली व्यापारीहरुको समस्या समाधान गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनबीच व्यापार, लगानी, पर्यटन प्रवर्द्धन एवं आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले द्धिपक्षीय समझदारी भएको छ ।

भारतको गोवामा आयोजित भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो एण्ड समिट २०१९ कार्यक्रममा सहभागी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र भाइब्रेण्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतबीच उक्त समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको हो । दुई संस्थाबीच काठमाडौंमा भाइब्रेण्ट गोवा फाउण्डेशन र गोवामा एक आपसका नेपाल चेम्बर अफ कमर्शको डेक्स स्थापना गर्नेगरी समझदारी भएको हो ।

उक्त एक्सपोको उद्घाटन सत्रमा प्रमुख अतिथी गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तले यो समझदारीले काठमाडौं र गोवाबीचको द्धिपक्षीय व्यापार, लगानी, पर्यटन प्रवद्र्धन एवं आर्थिक सम्बन्ध विस्तार हुने अपेक्षा लिएको बताएका छन् । समझदारीपत्रमा दुई मुलुकबीच हुने अन्तरक्रिया, रोड शो, एक्स्पोमा सहभागिता लगायत पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ ।

सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गर्नुका साथै पहाडी मुलुक नेपाल र समुन्द्री सतहसँग जोडिएको गोवा “फ्रम ग्रीन टू ब्लू”बीच पर्यटन प्रवर्द्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्राउन सकिने संभावनामा जोड दिए ।

सो अवसरमा बोल्दै भाइब्रेन्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतले यो समझदारीपत्रको कार्यान्वयनले अहिले चेम्बरको सहभागिता उल्लेख्य रहेकोले आगामी वर्षहरुमा यसमा अझ बढोत्तरी हुने र आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रवर्द्धनको लागि महत्वपूर्ण कार्य गरिने विश्वास व्यक्त गरे ।

३८ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवशायीहरु, प्रदेश ५ का संसद सदस्य माननीय भोज प्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.