यस्तो छ मोटरहेडको ‘स्क्र्याम्ब्लर २५०’, मूल्य कति ?

  २०७६ असोज ३० गते १६:२१     विकासन्युज

काठमाडौं । नेपालका लागि मोटरहेड स्क्र्याम्ब्लरको आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले केहि महिना अघि स्क्र्याम्ब्लर २५० लाई नेपाली बजारमा भित्र्याएको थियो । चाइनिज कम्पनी फ्युगो पावर्सले निर्माण गरेको स्क्र्याम्ब्लर २५० एउटा स्क्र्याम्ब्लर मोटरसाइकल हो । नेपाली बजारमा यस बाइकको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले जनाए अनुसार रेट्रो लुक्स बोकेको स्क्र्याम्ब्लर २५० को बिल्ट क्वालिटी एकदमै राम्रो छ । भिन्टेज लुकिङ्ग एलइडि हेडलाइट, नव्बी टायर, बार एण्ड मिरर्स, अपराइट–राइडिङ्ग पोजिसन र रगेड अपेरियन्सले यस बाइकलाई एकदमै आकर्षक बनाएको छ । यस मोटरसाइकलमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ जसले सवै आवश्यक इन्फर्मेशनहरु पनि डिस्प्ले गर्दछ ।

६–स्पिड गियरबक्स दिइएको यस बाइकमा प्रयोग भएको इञ्जिन एउटा २२३ सीसी ओयल कुल्ड इञ्जिन हो जसले १९ एचपिको पावर र २० एनएमको टर्क प्रोड्युस गर्दछ । यस बाइकको सिट हाइट ८२० मिलिमिटर छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ २६० मिलिमिटर छ । त्यसैगरी यसको ट्याङ्क क्यापासिटी १४ लिटर रहेको छ । कम्पनीका अनुसार यस बाइकले ३५ केएमपीएलको माइलेज दिन्छ भनेबाइकको टप स्पिड चाहिँ १२० केएमपीएच रहेको छ ।

१७ इञ्च स्पोक व्हिलमा जडान भएका चौडा नव्वि टायरहरुले गर्दा स्क्र्याम्ब्लर २५० जस्तोसुकै अफरोडमा पनि आरामका साथ कुद्न सक्छ । अहिलेको चाडपर्वलाई लक्षित अफरका रुपमा कम्पनीले यस बाइकको खरिदमा स्क्र्याच कार्ड मार्फत रु. पाँच हजार देखि २५ हजार रुपैयाँसम्मको नगद छुट, इन्स्योरेन्स र साथै १५ हजार रुपैयाँ बराबरको एक्सेसरिजहरु पनि उपलब्ध गराईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.