एभरेष्ट बैंकका सीईओ नेगीले बिहीबारदेखि कार्यभार सम्हाले

  २०७६ असोज ३० गते १६:२१     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गजेन्दरकुमार नेगीले आफ्नो कार्यभार सम्हालेका छन् ।

नव नियुक्त सीईओ नेगीले बिहीबार(असोज ३०)देखि आफ्नो सीईओ पदको कार्यभार सम्हालेका हुन् ।

यस अघि कम्पनीको सीईओ सोमेश्वर सेठको ४ वर्षे कार्यकाल सकिएपछि उक्त रिक्त पदमा बैंक सञ्चालक समितिले नेगीलाई नियुक्त गराएको हो ।

नव नियुक्त सीईओ नेगी यसअघि पञ्जाव नेशनल बैंकमा नायव महाप्रबन्धकको रुपमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.