बैंक अफ काठमाण्डूको १७ प्रतिशत लाभांश पारित, निक्षेप बढेर ८३ अर्ब नाघ्याे

  २०७६ असोज ३० गते १५:३९     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित १७ प्रतिशत लाभांश पारित भएको छ । बिहीबार सम्पन्न भएको बैंकको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरे अनुसार बैंकका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट हालको चुक्ता पुँजीको ६ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश पाउने छन् । बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ थियो । ६ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी, सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाबमाथि छलफल गरि पारित गरेकाे छ । त्यस्तै, २०७६/०७७ का लागि लेखापरीक्षक नियुक्ति तथा निजकाे पारिश्रमिक १८ लाख ९० हजार रूपैयाँ निर्धारण गरेकाे छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवदेन हेर्दा बैंकले सम्पूर्ण सूचांकहरुमा अघिल्लो वर्षभन्दा सुधार गर्दै आएको देखिन्छ । गत वर्ष ७६ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकको कुल निक्षेप ८.३४ प्रतिशतले बढेर ८३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकले कुल कर्जामा ८.८२ प्रतिशत वृद्धि गरि ७६ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ ।

८३ अर्ब निक्षेप रहेको बैंकको जगेडा कोषमा पनि राम्रै रकम जम्मा भएको छ । गत असार मसान्ससम्म बैंकको जगेडा कोषमा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ९१.५० प्रतिशत, तरलता अनुपात २३.२४ प्रतिशत र निष्क्रिय कर्जा अनुपात १.५४ प्रतिशतमा झरेको छ । त्यस्तै, बैंकको पुँजीकोष अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम प्रतिशत भन्दा बढी अर्थात १४.३० प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ रहेको छ भने आधार दर ९.९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निक्रिष्य कर्जा १.५४ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्ष १.८२ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.