बढ्दै छ हुण्डाईकाे क्रेटा क्रेज, एसएक्सओ किने फाइदै फाइदा

  २०७६ असोज २९ गते १९:२६     विकासन्युज

काठमाडाैं । पछिल्लाे समय नेपालमा हुण्डाइकाे क्रेटा केज छ ।  हुण्डाईको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली बजारमा हुण्डाई क्रेटाको विभिन्न भेरियन्टहरु बिक्री वितरण गर्दै आइरहेको छ । त्यस मध्ये धेरै अत्याधुनिक फिचरहरु रहेको क्रेटा एसयुभिको टप भेरियन्ट ‘एसएक्सओ’ को मूल्य नेपाली बजारमा रु. ६१ लाख ९६ हजार तोकिएको छ ।

हुण्डाई क्रेटा एसएक्सओको सेफ्टि फिचरहरुको रुपमा ड्राइभर र पेसेन्जर एयरब्याग्स, एबीएस सिस्टम, ईबीडी सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, भेइकल स्ट्याबिलिटी म्यानेजमेन्ट कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लक लगायत छन् भने कम्फर्ट फिचरका रुपमा अटोमेटिक एयर कण्डिश्नर, हिटर, फ्रन्ट र रियर आर्मरेस्ट, क्लच फूटरेष्ट, किलेस इन्ट्री, १२ भोल्टको पावर आउटलेट, रियर पार्किङ्ग क्यामेरा, हाइट एडजस्ट गर्न मिल्ने ड्राइभर सिट लगायत छन् ।

त्यसैगरी, यस कारमा अडियो तथा भिडियो दुवै डिस्प्ले हुने १७.७७ सेन्टिमिटरको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ४ ओटा स्पिकरहरु, आउटसाइड रियर भ्यू मिरर्स र सबै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टरलाई अन्य फिचर्सका रुपमा समावेश गरिएको छ ।

यस कारमा प्रयोग भएको १५९१ सीसी पेट्रोल इञ्जिनले १२३ पिएसको पावर र २६० एनएमको टर्क प्रोड्युस गर्छ । त्यसैगरी ६–स्पिड गियरबक्स दिइएको यस कारले १९.६७ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको फ्यूल ट्याङ्क क्यापासिटि ५५ लिटर रहेको छ भने यसको अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ ।

कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यस कारको खरिदमा रु. एक लाख ५० हजार छुट दिइएको छ । त्यसैगरी अन्य अफरहरुको रुपमा स्क्रयाच कुपन मार्फत २० हजारदेखि एक लाख रूपैयाँसम्मको थप छुटका साथै एक वर्षको इन्स्योरेन्स, यस आर्थिक वर्षको कर चुक्ता, ४ वर्षको फ्रि सर्भिसिङ्ग र ३ वर्षको वारेन्टीको व्यवस्था समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.