इलेक्ट्रिक अवतारमा आयो बजाजको आइकोनिक स्कुटर ‘चेतक’

  २०७६ असोज २९ गते १८:०६     विकासन्युज


काठमाडौँ । बजाजले अर्बनाइट ब्राण्डको इलेक्ट्रिक स्कुटर ‘चेतक’ लाई भारतीय बजारमा सार्वजनिक गरेको छ । यस स्कुटरको निर्माणसँगै बजाज १४ वर्ष पश्चात स्कुटर सेग्मेन्टमा पुनः प्रवेश गरेको हो ।

आधुनिक रेट्रो स्टाइलिङ्गमा बनेको यस स्कुटरको डिजाइन बजाजकै पुरानो ‘चेतक’ स्कुटरबाट लिइएको हो । यस स्कुटरमा एलइडि हेडलाइट, एलइडि टर्न सिग्नल्स र फुल–डिजिटल एलसिडि इन्स्ट्रुमेन्ट क्लष्टर समावेस गरिएको छ । त्यसैगरी अन्य फिचरहरुको रुपमा ब्लूतुथ फोन कनेक्टिभिटी, जीओ-फेन्सिङ्ग, लोकेशन ट्र्याकिङ्ग र त्यसैगरी म्यूजिक तथा टेलिफोन कन्ट्रोल दिइएको छ ।

बजाज अर्बनाइट चेतकमा प्रख्यात जर्मन ब्राण्ड ‘बश’ को लिथियम-आयन ब्याट्री समावेश गरिएको छ ।कम्पनीका अनुसार यस स्कुटरमा स्पोर्ट र इको गरी दुइओटा राइडिङ्ग मोड दिइएका छन् । ब्याट्री फुल चार्ज भएको अवस्थामा यस स्कुटरले स्पोर्ट मोडमा ८५ किलोमिटर र इको मोडमा ९५ किलोमिटर को माइलेज दिन्छ भनी कम्पनीले जनाएको छ । हाल कम्पनीले यसको सवै स्पेसिफिकेशनहरु भने सार्वजनिक गरेको छैन ।

अरु पार्टस्को कुरा गर्नु पर्दा यस स्कुटरमा १२ इञ्चको अलोए व्हिल, अगाडिको चक्कामा डिस्क ब्रेक, पछाडिको चक्कामा ड्रम ब्रेक, सिङ्गल-साइडेड टेलिस्कपिक फर्क, मोनोशक, एलुमिनियम स्विङ्गआर्म र एमआरएफ ज्यापरको टायर दिइएको छ । हाल कम्पनीले यस स्कुटरको मूल्य नतोकेको भएतापनि भारतीय बजारमा यस स्कुटरको मूल्य रु. एक लाख हाराहारी पर्नेछ भन्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.