टिकुलीगढ दुग्ध उत्पादक सहकारीको २४ औं साधारणसभा सम्पन्न

  २०७६ असोज २८ गते १६:३४     विकासन्युज

काठमाडौं । रुपन्देहीमा रहेको श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा संस्थाका अध्यक्ष जनार्दन शर्मा यादव र सभा सदस्य बलदेव शर्मा पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थागत र संस्थाका सेयर सदस्यहरुको हकहितको लागि विभिन्न नौं वटा भावी कार्यक्रमहरुको लागि प्रस्ताव पेश गरेका थिए । पेश गरेको प्रस्तावहरुमा दुग्ध उत्पादक कृषकलाई राहत देखि सेयर सदस्यको एकाघरको परिवारको सदस्यको मृत्युमा काजक्रिया खर्चको पनि बृद्धि गर्ने रहेको छ भने संस्थालाई थप मजवुत बनाएर लैजानका लागि अन्य कार्यक्रमहरु पनि अगाडी सारिएको छ ।

संस्थाका उपाध्यक्ष भूपराज पाण्डे २४ औं वार्षिक साधारण सभामा बोल्दै जिल्ला दुग्ध सरकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले हुने खाने र गरिखानेका बीच अनुदान वितरणमा भेदभाव भएको बताउँदै दुधको मूल्य बढाए किसानहरुलाई राहत मिल्ने भएतापनि लागत मूल्य घटाउन सकेको अवस्थामा सबैलाई राहत मिल्ने तर्फ सरकार केन्द्रित हुनु पर्ने बताएका छन् ।

यस सहकारीले दश लाख दुई हजार १५ रुपैयाँ सेयर पुँजी रहेको गत आर्थिक वर्षमा एक लाख ६७ हजार सात सय रुपैयाँ थप गरी ११ लाख ६९ हजार सात सय १५ रुपैयाँ पुर्याएको छ । आर्थिक वर्ष २०७५/७६ मा २७ लाख ३३ हजार तीन सय ७५ रुपैयाँ अर्थात दुई सय ३३ प्रतिशत खुद मुनाफा आर्जन गर्न सफल भएको छ भने तीन सय ५० जना सेयर सदस्यहरुको संख्यामा ५८ जना वृद्धि गरी चार सय आठ पुर्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.