एनआरएनए ओसेनिया क्षेत्रको संयोजकमा दिनेशराज जाेशीकाे उम्मेदवारी

  २०७६ असोज २८ गते ११:२७     विकासन्युज

काठमाडौं । एनआरएनएको नवौं अधिवेशनमा ओसेनिया क्षेत्रको संयोजकमा उम्मेदवारी घोषणा गरेका दिनेशराज जोशीले चुनावी अभियानलाई तीव्र पारेका छन् ।

हाल अष्ट्रेलियाबाट एनआरएनएका आईसीसी सदस्य रहेका जोशीले अष्ट्रेलिया र समग्र ओसेनिया क्षेत्रबाट नेपालसँग सेतुको भूमिका खेल्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

दुई दशकयता अष्ट्रेलियामा रोजगारीसँगै सामाजिक क्षेत्रमा सक्रिय जोशी जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक मध्येका एक हुन् ।

नेपालबाट अष्ट्रेलिया गएका युवाहरुलाई रोजगारी तथा अप्ठेरोमा साथ दिने जोशी सामाजिक अभियान सञ्चालनमा अग्रणी मानिन्छन् । सबै दल निकटसँग समभावको आधारमा अघि बढेकाले आफूलाई ओसेनिया क्षेत्रबाट उम्मेदवारीका लागि दबाब आएकाले अघि बढेको उनले बताएका छन् । ‘एनआरएनएको विभिन्न जिम्मेवारीमा रहे पछि अब ओसेनिया क्षेत्रकै प्रतिनिधिका रुपमा अघि बढ्नुस् भन्ने सुझाव आएकाले उम्मेदवारी दिएको छु,’ उनले भने ।

चुनावी अभियानका क्रममा आफूलाई सबै क्षेत्रबाट सहयोगको प्रतिवद्धता आएको उनले बताए । ‘हाम्रो राजनीतिक आस्था आ आफ्नो ठाउँमा छ,’ उनले भने,‘नेपालीको छाता संगठनलाई राजनीतिबाट पर राखेर अघि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।’ उनले सबै विचार र पक्षलाई समेटेर नेपालमा लगानीका साथै अष्ट्रेलिया र न्युजिल्याण्डका विद्यार्थी र नेपालीको समस्या समाधानमा विशेष जोड दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.