सिंहदरबार मर्मतकाे ठेक्का ४१ करोड ७९ लाखमा शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीलाई

  २०७६ असोज २८ गते १०:१०     विकासन्युज

काठमाडौं । सिंहदरबारको उत्तरपूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ ।

प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मागौरी पार्वतीन्यू टेक्निकल जेभीबीच सोमबार सम्झौता भएको हो ।

सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट लक्ष्मी प्रसाद सुवेदीले हस्ताक्षर गरे । जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ । सम्झौताअनुसार जेभीले १५ दिनभित्र प्रबलीकरण कार्य सुरु गर्नेछ ।

आयोजना निर्देशक प्याकुरेलले सिंहदरबारको मौलिक स्वरुप कायम राखी भूकम्प जानुअघिको भन्दा मजबुद हुने गरी प्रबलीकरण गरिने जानकारी दिए । 

ठेक्का कम्पनीका प्रतिनिधि सुवेदीले तोकिएको गुणस्तरमा समयभित्रै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रबलीकरण कार्यको परामर्शदातामा आइआरसीइकोकोड नेपाल जेभी छनौट भएको छ ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको सिंहदरबारको यो खण्ड २०३० को आगलागीबाट बचेको भाग हो । उक्त आगलागीबाट उत्तरपूर्व र दक्षिण मोहडा जलेर नष्ट भएको थियोजसको पछि पुनर्निर्माण गरिएको थियो ।

सिंहदरबारको उत्तरपूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.