नेशनल लाइफले बोलायो साधारणसभा, १५.२२५ प्रतिशत लाभांश पारित गर्ने

  २०७६ असोज २७ गते ११:११     विकासन्युज

 काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स ३१ औं साधारणसभा बोलाएको छ । आर्थिक वर्ष २०७४/७५ को लाभांश तथा वार्षिक प्रतिवेदन पारित गर्न इन्स्योरेन्सले साधारणसभा बोलाएको हो ।

नेशनल लाइफ साधारणसभा कात्तिक २४ गते बिहान साढे १० बजे आफ्नै केन्द्रीय कार्यालयको भवनमा डाकिएको छ ।

कम्पनीले बोनस र नगद समेत गरी १५.२२५ प्रतिशत लाभांश दिने घोषणा गरेकाे छ ।

आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नेशनलले २.५ प्रतिशत बोेनस शेयर, १२ प्रतिशत नगद लाभांशका अतिरिक्त सो बोनस र नगद लाभांशमा लाग्ने करबापतको छुट्टै नगद ०.७२५ प्रतिशत नगद लाभांश समेत गरी १५ प्रतिशत लाभांश दिने भएको हो ।

एनएफआरएस लेखा प्रणाली अनुसार वित्तीय विवरणहरु प्रकाशन गर्नुपर्ने भएसँगै नेशनलको साधारणसभा निर्धारित समयभन्दा ढिलोगरी हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.