पूर्णिमा र भार्गवलाई प्राप्ति पश्चात शाइन रेसुङ्गाद्धारा एकीकृत कारोबार शुरु, संचालकमा ६ जना नियुक्त

  २०७६ असोज २७ गते १०:३१     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति(एक्विजिशन) गरी सोमबार(असोज २७ गते)देखि एकीकृत कारोबार शुरु गरेको छ । एक्विजिशन पश्चात शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको छ ।

शाइन रेसुङ्गाले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंकलाई एकआपसमा गाभेर आजदेखि एकीकृत कारोवार सञ्चालन गरेको हो ।

यस सँगै सोही मितिबाट लागू हुने गरी बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना नियुक्त भएका छन् । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, सञ्चालकमा थानेश्वर पौडेल, डा. ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाई, सुर्दशन गौतम नियुक्त भएका छन् ।

यसरी, १० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक लिमिटेड र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडको एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ७१ पुगेको छ ।

साथै, बैंकको चुक्ता पूंजी २ अर्ब ६२ करोड, निक्षेप परिचालन २६ अर्ब ८७ करोड, कर्जा लगानी २३ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.