चार करोड लगानीमा वातावरण मैत्री उद्योग सञ्चालन

  २०७६ असोज २६ गते १५:४५     पोसकान्त पोखरेल

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ बनकट्टीमा चार करोड रुपैयाँको लगानीमा वातावरण मैत्री उद्योग सञ्चालनमा आएको छ । आईतबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले औपचारिक रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

प्लाष्टिक झोलाले फैलाउँदो वातावरणीय प्रदषणलाई मध्यनजर गर्दै साङ्लो गु्रपले पहिलो उद्योगको रुपमा साङ्लो गु्रप एण्ड ईण्डष्ट्रिज प्रा.लि.को नामबाट उक्त नन् ओभन उद्योग सञ्चालनमा ल्याएको छ । सम्भवतः नेपालमै पहिलो पटक मल्टीकलर प्रिन्टिङको सुविधा सहित उत्पादन सुरु गरिएको उक्त झोलाले द्रुतगतिमा बजार विस्तार गर्न सक्ने विश्वास पनि ब्यक्त गरिएको छ ।

संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा कम्पनीको संक्षिप्त जानकारी गराउँदै अध्यक्ष खिमानन्द भुषालले समयको माग र बदलिंदो परिस्थितिसँगै सहयात्रा गरौं भन्ने उद्देश्यले सानो सानो पुँजिलाई एकिकृत गरी साङ्लो गु्रप एण्ड इण्डष्ट्रिज प्रा.लिको स्थापना गरेर वातावरण मैत्री उद्योग सञ्चालनमा ल्याएको बताए ।

उनले तिलोत्तमा नगरपालिकाले अगाडी सारेको ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा र राष्ट्रिय स्तरमै वातावरण सुरक्षाको लागि साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज प्रा.लि. स्थापना सहयोगी भूमिकामा रहिरहने धारणा व्यक्त गरे । वर्तमान समयमा उद्योगले १३ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी गराउँदै अध्यक्ष भुषालले निकट भविष्यमै कृषि, यातायात, सहुलियत सपिङ मल लगायत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने उद्देश्य बोकेको जानकारी दिएका छन् ।

प्रमुख घिमिरेले नगरपालिकाका सबै बजारहरुमा आफ्ना उत्पादनहरु पु¥याएर पूर्ण प्लाष्टिक झोला मुक्त गर्ने नगरपालिकाको अभियानमा सहयोग गर्नपनि आग्रह गरेका छन् । एक्लो प्रयासले कुनैपनि कामलाई सफलताको सिढीमा चढाउन असम्भव हुने हुँदा २५ जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको उद्योग एक जनाको लागि उपयुक्त स्थान भएकोले फरक फरक क्षेत्रका अन्य २४ वटा उद्योगहरु पनि सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना ल्याएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.