नेपाल–चीनबीचको सहमति : रेलमार्गदेखि सुरुङमार्गसम्म (सूचीसहित)

  २०७६ असोज २६ गते १५:३५     विकासन्युज

काठमाडौं । नेपाल र चीनबीच आइतबार भएको बीसबुँदे समझदारीमा पूर्वाधार निर्माणका अतिरिक्त कन्फ्युसियस इन्सिच्युड स्थापना गर्ने विषयसम्म समेटिएका छन् । चीनका राष्ट्रपति सी जिङपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको २० ओटा सम्झौताहरुमा सो विषय समेटिएका हुन् । नेपाल र चीनबीच भएका सम्झौताका २० बुँदाहरु यसप्रकार छन् ।

१. सीमा व्यवस्थापपन प्रणालीका सम्बन्धमा नेपाल र चीन सरकारबीच समझदारी ।
२. शासकीय क्षमता सुधारका लागि सहयोग गर्ने सम्बन्धमा नेपाल सरकार र चीन सरकारबीच समझदारी ।
३. कानूनी सहयोग र आपराधिक विषयवस्तुबारे दुई देशबीच सन्धी ।
४. सगरमाथा क्षेत्रको संरक्षणका लागि नेपाल र चीनबीच आपसी सहयोग ।
५. राष्ट्रिय योजना आयोगको चीनको राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगबीच लगानी गरिएका योजनाहरुको उत्पादकत्व क्षमता विस्तार गर्ने
६. चीनको चेँग्दु शहरमा नेपाली महावाणिज्य दुतावास खोल्ने समझदारी ।
७. क्रसबोर्डर रेल्वेको सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनको भौतिक पूर्वाधार मन्त्रालयबीच सहमति ।
८. काठमाडौं र नान्जिङ शहरबीच भगीनी सम्बन्ध कायम गर्ने ।
९. बुटवल र चीनको सियिङ शहरबीच भगीनी सम्बन्ध कायम गर्ने ।
१०. परम्परागत औषधी (आयुर्वेद)को क्षेत्रमा सहयोग गर्न नेपालको स्वास्थ्य तथा जनसंख्या र चीनको नेशनल एड्मिनिष्ट्रेसन अफ ट्रेडिसनल चाइनिज मेडिसिनबीच लेटर अफ एक्सचेञ्ज ।
११. प्रकोप जोखिम न्यूनीकरण र आपत व्यवस्थापन गर्न चीन र नेपालको गृह मन्त्रालयबीच समझदारी ।
१२. नेपाल र चीनको महान्यायाधीवक्ता कार्यालयबीच सहयोग आदानप्रदान गर्ने सम्झौता ।
१३.त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस विश्वविद्यालयबीच नेपालमा कन्फ्युसियस इन्सिच्ुड सञ्चालन गर्ने सहमति
१४. नेपालबाट चीनमा फलफुल निर्यात गर्ने सम्बन्धमा कृषि मन्त्रालय र चीनको अध्यागमन विभागबीच समझदारी ।
१५. नेपाल र चीनका वाणिज्य मन्त्रालयबीच व्यापारमा साझेदार गर्ने समझदारी
१६. चाइना एडअन्तर्गत सञ्चालित भुकम्प अनुगमनसम्बन्धी योजनाका सम्बन्धमा ।
१७. अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोगसम्बन्धी वर्किङ ग्रुप गठन गर्नेे सहमति ।
१८. सुरुङमार्ग निर्माणमा सहयोगका सम्बन्धमा अर्थ मन्त्रालय र चीनको अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीबीच समझदारी ।
१९. सीमा सुरक्षा र संसाधन सहयोगबारे समझदारी
२०. काठमाडौं उपत्यकामा खानेपानी सुधार परियोजनाबारे सम्भाव्यता अध्ययन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.