ललितपुर फाइनान्सको कामु सीईओमा चन्द्र शेखर खड्का

  २०७६ असोज २६ गते १३:४६     विकासन्युज

काठमाडौं । ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा चन्द्र शेखर खड्का नियुक्त भएका छन् । गत असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाले असोज ६ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेलसम्मको लागि संस्थाको कामु सीईओमा नियुक्त गरेको हो ।

असोज ५ गते बसेको सञ्चालक समितिको ३९७औँ बैठकको निर्णयअनुसार संस्थाको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खड्कालाई कम्पनी सचिवको कार्यलाई समेत निरन्तरता दिने गरी उक्त पदमा नियुक्त गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.