चीनसँग २० ओटा विषयमा समझदारी, सडक र सुरुङमार्ग निर्माण प्राथमिकतामा

  २०७६ असोज २६ गते १३:१६     विकासन्युज

 

काठमाडौं । नेपाल र चीनबीच २० ओटा बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   राष्ट्रपति सी जिङपिङको राजकीय भ्रमणका अवसरमा दुई देशका उच्चस्तरीय सरकारी टोलीले छलफल गरी १८ ओटा समझदारीपत्र र २ ओटा लेटर अफ एक्सचेञ्ज गरी २० समझदारीमा गरेका हुन् । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो सम्झाैतापत्र दुई देशका सम्बन्धित मन्त्रालयका अधिकारीहरुबीच आदानप्रदान गरिएको थियो ।

सम्झौतामा नेपालका दुई शहर र चीनका दुई शहरबीच भगीनी सम्बन्ध कायम गर्ने, त्रिभुवन विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्सिच्युड स्थापना गर्ने, काठमाडौंमा खानेपानी आपूर्ति गर्ने, आयुर्वेदिक उपचारमा सहयोग गर्ने, सीमा सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण जस्ता विषय रहेको जनाइएको छ । साथै केही पूर्वाधार निर्माणका क्षेत्रमा समेत सहमति भएको जनाइएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा सोल्टी होटलमा आइतबार हस्ताक्षरपछि समझदारीपत्र आदानप्रदान गर्नुहुँदै दुवै देशका अर्थसचिव ।

सहमतिको विस्तृत विवरण आउन बाँकी छ । सीले शनिबार सीले काठमाडौं–नुवाकोट–केरुङ सुरुङमार्ग बनाइदिने घोषणा गरेका थिए । साे सुरुङमार्ग निर्माणमा समेत समझदारी भएकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.