राष्ट्रिय बीमा कम्पनीले विद्यार्थी बीमा र क्रेडिट ग्यारेण्टी बीमा पोलीसी जारी गर्ने

  २०७६ असोज २६ गते १२:२३     विकासन्युज

काठमाडौ । राष्ट्रिय बीमा कम्पनीले बजारमा २ वटा नयाँ बीमा पोलिसी जारी गर्न अन्तिम तयारी गरिरहेको छ । उक्त बीमा कम्पनीले विद्यार्थी बीमा लेख तथा क्रेडिट ग्यारेण्टीसँग सम्बन्धित बीमा लेख जारी गर्ने भएको हो ।

दुबै पोलिसी तिहार अगाडि नै सार्वजनिक गर्ने तयारी भएको बताईएको छ ।

अहिले बजारमा अन्य कम्पनीले पनि विद्यार्थी बीमा लेख जारी गरेको भएपनि आफूहरुले बजारमा ल्याउन लागेको बीमा लेख) केही फरक रहेको कम्पनीले जानाएको छ । कम्पनीले विद्यार्थी बीमा लेखमा आफूहरुले नर्सरी कक्षा देखी कक्षा १२ सम्मका विद्यार्थीलाई समेटने जनाएको छ ।

राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुबास कोईरालाले नेपाली बजारमा अहिले विभिन्न किसिमका बीमा लेखहरु जारी हुँदै आएको भएपनि विद्यार्थी लक्षित बीमा लेखहरु कम रहेको बताए ।

साथै, बीमितहरुबाट माग भएकाले आफूहरुले क्रेडिट ग्यारेण्टी बीमा लेख समेत बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ । उक्त बीमा कम्पनीले बैकले दिने ऋण सम्बन्धी बीमितलाई सहज होस भनेर सो बीमा लेख जारी गर्न आवश्य ठानेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.