चक्रपथ भित्र ठूला सवारी प्रवेशमा रोक; पुराना र थाेत्रा साना गाडी पनि चलाउन नपाइने

  २०७६ असोज २५ गते ११:५४     विकासन्युज

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको सवारी सहज बनाउने ट्राफिक प्रहरीले असोज २५ र २६ गते ठूला मालवाहक सवारी साधनहरू रिङरोड भित्र प्रवेश रोक लगाएको छ । त्यस्तै, सवारी मार्गमा पुराना र अवस्था ठिक नभएका थोत्रा सवारी साधनहरू नचलाईदिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

राष्ट्रपतिको राजकिय भ्रमणका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आम उपत्यकाबासीमा विशेष अनुरोध गर्दै मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गरिदिन भनेको छ ।

त्यस्तै, अनावश्यक सवारी साधन प्रयोग नगरिदिन हुन, अनावश्यक हर्नको प्रयोग नगर्न, ट्राफिक नियमको पुर्ण रुपमा पालना गर्न र सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सहयोग गरिदिनहुन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.