अबको ५ दिन बिदा भए पनि बैंकको काउन्टर बन्द नहुने

  २०७६ असोज २४ गते १८:३७     विकासन्युज

काठमाडौं । शनिबार नियमित सार्वजनिक बिदा र आइतबार चिनियाँ राष्ट्रपतिको सम्मानको लागि बिदा दिइएको भए पनि सो अवधिमा बैंकका काउन्टरहरु भने बन्द नहुने भएका छन् । त्रैमासिक रुपमा राजश्व दाखिला गर्ने समय भएका कारण असोज मसान्तसम्म राजश्व बुझाउने प्रयोजनका लागि राजश्व काउन्टरहरु खुला हुने भएको हो ।

बैंकले असोज, पुस, चैत र असार महिनाको २५ गतेदेखि मसान्तसम्म राजश्व खाता सञ्चालन गर्न नपाउनेगरी गरेको व्यवस्था बैंक तथा वित्तीय संस्थाहरुलाई जानकारी गराएको हो । राजश्व काउन्टरहरु खुला भए पनि बैंकका अन्य कारोबारहरुका लागि भने अनिवार्य गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.