इथियोपियामा उदारवाद भित्र्याउने आबीले पाए २०१९ को नोबेल शान्ति पुरस्कार, को हुन् उनी ?

  २०७६ असोज २४ गते १७:०९     विकासन्युज

काठमाडौं । इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले २०१९ को नोबेल शान्ति पुरसकार प्राप्त गर्ने भएका छन् । अन्तराष्ट्रिय सहयोग र शान्ति कायम गराउन महत्वपूर्ण प्रयास गरेको भन्दै उनलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय भएको नोबेल कमिटीे जनाएको छ । नोबेल पुरस्कार पाउने अली १०० औं व्यक्ति हुन् । उनले आगामी डिसम्बरमा उक्त पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको राशी ९ लाख डलरको हुनेछ ।

यो वर्षको पुरस्कारमा ३०१ जना उम्मेदवार छनोटमा परेका थिए जसमध्ये २२३ जना व्यक्ति र ७८ जना संस्था थिए । त्यसममध्ये फाउन्डेसनको नियमअनुसार ती व्यक्तिहरुलाई सर्टलिष्ट गरिएको थियो तर सर्टलिष्टमा को को परेका थिए भनेर फाउन्डेसनले सार्वजनिक गर्दैन । कम्तीमा पनि ५० वर्षसम्म त्यस्तो लिष्ट सार्वजनिक नगर्ने पनि फाउन्डेसनको नियम हो ।

२०१८ मा इथियोपियाको प्रधानमन्त्री निर्वाचित भएपछि अलीले इथियोपियामा शान्ति र विकासबा लागि निकै महत्वपूर्ण योगदान गरे । खासगरी करिब २० वर्षदेखि युद्ध चल्दै आएको इरिष्टियासँग शान्तिपूर्ण वार्तामार्फत् निकास निकाल्न उनी सफल भएका थिए । उनी प्रधानमन्त्री भएसँगै देशमा उदारबादी व्यवस्था कायम गर्न उनले महत्वपूर्ण काम गरे । उनको यो प्रयासका कारण जातीय द्वन्द्वबाट ग्रस्त २५ लाख आप्रवासीहरु आफ्नो घर फर्कन सफल भएका थिए ।

दक्षिण इथियोपियाको जिमा शहरमा १९७६ मा जन्मिएका अली मुस्लिम पिता र क्रिष्चियन आमाको सन्तान हुन् । उनले शान्ति र सुरक्षासम्बन्धी विषयमा विद्यावारिधि हासिल गरेका छन् भने ग्रिनविच विश्वविद्यालय लण्डनबाट ट्रान्सफर्मेसनल लिडरसिप विषयमा स्नातकोत्तर समेत गरेका छन् ।

डेरेगु शासनविरुद्ध सशस्त्र संघर्षमा उत्रिएका उनी पछि सेनाको लेफ्टिनेन्ट कर्नेलसम्म भएका थिए । पछि उनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा समेत काम गरे । २०१० मा राजनीतिचमा छिरेका उनी संसदमा आउनुअघि ओमोरो पिपुल्स डेमोक्रेटिक अर्गनाइजेशनमा सदस्य थिए । अफ्रिकी सरकार प्रमुखहरुमध्येकै कान्छो उनले इथियोपियाको संसदमा ‘शान्तिका लागि धार्मिक मञ्च’ नामक मञ्च स्थापना गरेर धार्मिक हिंसाको अन्त्य गर्न पहल समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.