नेपाल एग्रो लघुवित्त र नेष्डो समृद्ध लघुवित्तबीच मर्ज हुने

  २०७६ असोज २३ गते १३:२२     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्ज हुने भएको छ ।

दुई संस्था बीच मर्जरबारे गत असोज १७ गते समझदारी भएको नेपाल एग्रो लघुवित्तको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले जानकारी दिए ।

मर्जरपछि नेपाल एग्रोको ४ लाख ९७ हजार ७७८ साधारण सेयर किनबेच बन्द गरिएको उनले बताए ।

दुई संस्थाबीच पुस मसान्तअघि नै मर्जर सम्पन्न गर्ने गरी काम अगाडि बढेको लम्सालले बताए । दुबैं संस्थाको डीडीए गरेर स्वाप रेसियो तय गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.