१६ प्रतिशत बोनस सेयर दिने प्रभु बैंकको घोषणा, बजारमा सेयर मूल्य बढ्यो

  २०७६ असोज २३ गते १२:०९     विकासन्युज

काठमाडौं । प्रभु बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट १ अर्ब ४२ करोड २८ लाख २७ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ छ । बोनस सेयरपछि चुक्ता पुँजी १० अर्ब ३१ करोड ५४ लाख रुपैयाँ हुनेछ ।

बोनस सेयरसँगै बैंकले लाभांशमा लाग्ने कर स्वरुप ७ करोड ४८ लाख रुपैयाँ नगद लाभांश पनि दिने भएको छ । सञ्चालक समितिको निर्णय राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाबाट अनुमोदन भएपनि लगानीकर्ताको खातामा बोनस सेयर पठाइने बैंकले जनाएको छ ।

लाभांश घोषणासँगै बैंकको सेयर मूल्य बढ्न थालेको छ । दशैपछि खुलेको सेयर बजारमा अरु कम्पनीको सेयर मूल्य घट्दै गर्दा प्रभु बैंकको सेयर मूल्य ५ रुपैयाँले वृद्धि भई २७० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.