दशैंमा खाद्यान्न भन्दा कपडाप्रति बढ्दो आकर्षण

  २०७६ असोज २० गते २१:००     विकासन्युज

सुनिता पुडासैनी

काठमाडौं । पछिल्लो समय दशैंका लागि खाद्यान्न भन्दा नयाँ डिजाइन तथा ब्राण्डेड कपडा प्रति युवा वर्गको बढ्दो आकर्षण देखिएको छ । दशैंलाई लक्षित गरी नयाँ पुस्तामात्र नभइ आम मानिसको ध्यान बजारमा उपलब्ध भएको कपडामा केन्द्रीत भइरहेको खुद्रा व्यवसायी संघका अध्यक्ष पवित्र बज्राचार्यले बताए ।

खाद्यान्नमा मानिसहरुको झुकाव कम हुँदै आएसँगै व्यक्तित्व अनुसारको कपडा सबैको रोजाइ भएको अध्यक्ष बज्राचार्यले बताए । उपत्यकाको अधिकांश खुद्रा व्यवसायीले दशैं लक्षित सामान भन्दै बढी मात्रामा विक्री गर्न नसक्ने अवस्था रहेको छ, उनले भने ‘अधिकांश मान्छे आफ्नो घर जाने हुँदा दैनिक हुने व्यवसायमा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पर्छ ।’

हाल मानिसले आफ्नो रुची अनुसार खाद्यान्नको उपभोग गर्ने हुँदा दशैंकै लागि भनेर मानिसहरु खाने कुरामा चासो नदेखाउने अध्यक्ष बज्राचार्यले जानकारी दिए । केही वर्ष अगाडी दशैं आयो भन्दै गर्दा छुट्टै खालको उमंग भित्रिने छाउने र मानिसको ध्यान मासु लगायत खाने कुरामा केन्द्रीत भएको पाइथ्यो भने हाल सबैको ध्यान कपडा केन्द्रित भएको छ ।

विकासित समाजको तयारीमा जुटेको हाम्रो समाजमा हाल डिजानदार कपडा खरिद गर्न देखि फरक फरक ठाँउ घुम्न जानेको संख्या अधिकांश रहेको फेन्सी संचालन गर्दै आएका ६५ वर्षीय हरि बोहोराको भनाइ छ । एक जोर नयाँ लुगा लगाउनका लागि पहिला दशैं नि कुर्नु पर्ने अवस्था थियो भन्दै बोहोराले समय बित्दै गएसँगै हरेक मानिसको चाहना र इच्छा परिस्थिति अनुसार परिवर्तन भएको बताए ।

एक महिनामा मात्र चार अर्बभन्दा बढीको कपडा आयात

दशैलाई लक्षित गरी साउन महिनामा मात्र चार अर्ब २० करोड रुपैयाँको कपडा आयात छ । भन्सार विभागको तथ्यांक अनुसार गतवर्ष १० अर्ब ५५ करोड रुपैयाँको कपडा आयात भएको थियो । पछिल्लो समय चीनबाट तयारी पोसाकको आयात बढेसँगै कोरियन ब्राण्डका कपडाको पनि नेपाली बजारमा अत्याधिक माग रहेको हिमालयन सिटी सेन्टरका मामा भान्जा फ्रेडसिपका संचालक अमिर खतिवडाले बताए ।

प्रत्येक मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि दशैं लक्षित गरि आफ्नो क्षमता अनुसार बजारमा उपलब्ध भएका सामानहरू खरिद गर्न पछाडि हटेका छैन् । अझै पनि दशैंमा नयाँ लुगा लगाउनै पर्छ भन्ने मान्यता हराएको छैन । व्यक्तिको इच्छा अनुसारको लुगा कपडा खरिद गर्नेको मात्रा बढ्दै गएको बताए ।

नयाँ पुस्ताहरू हाल पश्चिमी संस्कृति अगाल्दै गर्दा नेपालमा नै उत्पादन भएका कपडालाई ध्यान नदिएको हुँदा प्रत्येक वर्ष व्यवसायीले विशेष गरी भारत र चीनबाट आयात गर्दै आएको व्यवसायीले जानकारी दिए । हाल तयारी पोसाक भने अधिकांश चीनबाट नै आयात भईरहेको भन्सार विभागले जनाएको छ ।

बजारमा खुद्रा व्यापारको अवस्था

दशैं लक्षित बजारलाई केन्द्रित गर्दै सरकारले ७३ वटा सहुलियत पसल खोले पनि सहज एवम् प्रयाप्त मात्रामा व्यवस्थापन नभएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने । उपभोक्तालाई केन्द्रीत गरी अधिकांश मुख्य ठाँउमा सहुलियत पसल संचालन गरे पनि त्यसको सकारात्मक प्रभाव बजारमा नदेखिएको अध्यक्ष श्रेष्ठले बताए । बजारमा चाडपर्वको बेला खुद्रा सामानको मूल्यको विषयमा व्यवसायी तथा व्यापारीको विभिन्न कुरो आए मूल्य वृद्धि नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।

दशैंको अवसरमा भने बजारमा खुद्रा सामानको मूल्य नबढेको बताउँदै दशैंको समयमा करिब ३० लाख मान्छे बाहिरिने हुँदा व्यापार घट्ने जानकारी अध्यक्ष श्रेष्ठ भन्छन् । सरकारले सहुलियत बजार सीमित ठाँउमा मात्र संचालन गर्दा उपभोक्ताहरूले पर्याप्त सेवा सुविधा प्राप्त गर्न नसकेको जनगुनासो आइरहेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठले बताएका छन् ।  आगामी वर्षदेखि सरकारले दशैंको अवसरमा सहुलियत पसल संचालन गर्दा उपभोक्तालाई सहज हुने माध्यम अपनाउनु पर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.