पृथ्वी नारायणले दोहोरो कुरा गरेको विश्वास गरिने नुवाकोटको भैरवी मन्दिरः धार्मिक एवम् ऐतिहासिक थलो

  २०७६ असोज १९ गते २१:१२     विकासन्युज

काठमाडौं । वि.स. १९९७ सालमा जन्मिएका हरिनारायण सिंह धामी नुवाकोटको भैरवी मन्दिरका पुजारी हुन् । उनलाई भक्तहरूले ‘धामी’ भनेर समेत बोलाउने गर्छन । भैरवी मन्दिरको स्थापना लिच्छवी कालमा भएको हो । वि.स. १८१९ मा भैरवी मन्दिर स्थापना भएको हो । सो मन्दिरमा पृथ्वी नारायण शाहले सवारी गरेका पाइन्छ ।

भैरवीको मन्दिरको इतिहास लामो रहेको जानकारहरूले बताउँछन् । सोही कारण सबै कुरा थाहा पाउन गाह्रै पर्ने उनीहरूको तर्क छ । वि.स. २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुर्याएको छ । पुजारी धामीले उनी भैरवी मन्दिरको छेवैमा रहँदा भूकम्प गएको सम्झिए । अहिले भैरवी मन्दिर निर्माणधिन अवस्थामा रहेको छ ।

भैरवी मन्दिरमा ब्राम्ह्णहरूले फूलपाती भित्र्याउने गरेको स्थानीयले जानकारी दिएका छन् । धामीले भने भैरवी मन्दिरमै आफ्नो समय बिताउँदै आएका छन् । मन्दिर तथा संस्कृतिको विकासका लागि आम मानिसहरूले केही कुरामा सुधार गर्न आवश्यक रहेकोमा जोड दिए । धामीको विचारमा सुधार मानिसको दृष्टिकोणमा हुन जरूरी छ । साथै, भैरवी मन्दिरको निर्माणका लागि सरकारले पहल गर्दै आएको र सो स्थानमा काम समेत विस्तारै अघि बढदै गरेको उनको बुझाइ छ । भैरवी मन्दिरमा पुरानै कला शैलीका प्रयोग गरेर मर्मत हुँदैछ । सरकारी तहबाट परम्परागत शैली अपनाएर मन्दिर बनाउने निर्णय भएको पाइन्छ ।

पृथ्वी नारायण शाहलाई भैरवीसँग जोडेर हेर्दा 

पृथ्वी नारायण शाहले गोरखा विजय गरेपश्चात नुवाकोट विजय गरेका हुन् । उनकै पालामा साततले दरवारको निमार्ण भएको हो । यस्तै, भैरवी मन्दिरमा लाग्ने जात्राको प्रवद्र्धन पृथ्वी नारायण शाहले गरेको जानकारहरूले बताएका छन् ।
सोही समयमा पृथ्वी नारायण शाहले काठमाडौं विजय गरेका थिए । उनले काठमाडौं विजय गरे पश्चात पुर्खा मेघराम मेधेसी शाहीलार्ई जात्रा पर्व संचालन गर्नको लागि लालमोहर गरेका थिए ।

चैत्र शुल्क पूर्णीमाको रातमा नुवाकोटको भैरवीको रथ देवघाटसम्म लैजाने चलन छ । यस्तै, रातको समयमा बलि भोग दिने प्रचलन छ । सो जात्रा पृथ्वी नारायण शाहको लालमोहर अनुसार मनाउँदै आएको हो । नुवाकोटमा नाग जात्रा, सिन्दुर जात्रा मनाउने चलन रहँदै आएको छ । यस्तै, विगतमा देवी घाटसम्म सुनको रथ लगिएको जानकारी पाइएको छ । लावा लस्कर सहित देवी घाट जाने लगायतका विभिन्न लामै प्रक्रियाबाट मेला समापन गरिने पाइएको छ ।

नुवाकोटको भैरवी मन्दिरको संस्कृतिसँग आवद्ध रहँदै आएका जानकारका अनुसार यहाँ पृथ्वी नारायण शाहलाई देवता मान्ने चलन छ ।’ पृथ्वी नारायण शाहले भैरवीसँग दोहोरो कुरा गरेको विश्वास मानिन्छ । पृथ्वी नारायण शाहको देहान्त देवीघाट भएको हो । पृथ्वी नारायण शाहको देहान्त भएको सो स्थान अहिले जालपाको रुपमा परिचित छ ।

हिन्दुहरुको महान चाड विजया दशमीमा नुवाकोटको भैरवी मन्दिरबाट फूलपाती भित्र्याउने गरिन्छ । यस्तै, विजया दशमीमै गोरखाबाट फूलपाती काठमाडौं लैजाने प्रचलन रहँदै आएको छ । सोही प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय तथा सैनिकहरूको समेत उपस्थिति रहने स्थानीयले जानकारी दिएका छन् ।

ऐतिहासिक दरवारक्षेत्रकोे खर्च केन्द्रीय बजेटबाटै

गोरखा दरवार, हनुमान ढोका दरवार तथा नुवाकोट दरवारमा दशैंका बेला पूजाआजा गर्न लाग्ने खर्च केन्द्रीय बजेटबाटै हुँदै आएको छ । देश संघीय व्यवस्थामा गएयता अष्टमी, नवमी, दशमी लाग्ने खर्च स्थानीय सरकारले नै गर्नुपर्ने भएपनि यसका लागि सम्पूर्ण खर्च संघीय सरकारले व्यहोर्दै आएको छ । यति उतिभन्दा पनि आवश्यक खर्च संघीय बजेटबाट हुँदै आएको पुजारी धामी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.