१० हजारको दशैं र २ लाखको दशैं,  ९२ वर्षीय हिमालय शम्शेरको दशैं अनुभव

  २०७६ असोज १८ गते १९:४८     मेनुका कार्की

काठमाडौं । दशैंको हर्ष उल्लास नै अर्कै । नवरात्री भरिनै मठ मन्दिर जानेको चहलपहल हुन्थ्यो । म अहिले पनि केटाकेटीले डम्बरु बजाएको आवाज सुन्न खोज्छु, त्यो समय कहाँ रह्यो र ? हिमालय शम्शेर झल्झली सम्झन्छन्–घटस्थापनाको दिन बिहान सबेरै बागमतीमा नुहाएर भद्रकाली, संकटा, महांकालको दर्शन गर्न गएको ।

उतिबेला वागमती सङ्गो थियो । घरमा धारो नभएर होइन, बगेको पानीमा नुहाउँदा पाप मोक्ष हुन्छ भन्ने आस्था थियो । वागमतीमा नुहाउनुको अनुभवनै ताजै छ मसँग । दशैं घरमा ब्राम्हणसँगै परिवारको एक जना चोखो खाएर जमरा पूजाको लागि बस्नु पथ्र्यो । महाअष्टमी र महानमवीमा गुह्ेश्वरी, शोभाभगवती, मैतीदेवी जान्थ्यौ । अहिले मानिसको चाप बढ्यो, दर्शन गर्न पनि सकिदैन ।

घरमै जमरा राख्ने प्रचलन थियो, ब्राम्हण राखेर । अहिले घरमा जमारा राख्न ब्राम्हण पाउनै छाड्यो । अहिले मन्दिरमा राखिन्छ । त्यसैले बच्चाहरूलाई यो संस्कारको बारेमा ज्ञान हुन छाडेको छ । नयाँ कपडा लगाउने, माछामासु खाने, मामाघर जाने प्रचलनले दशैं साना ठूला सबैका लागि अत्यन्त महत्व राख्थ्यो । घरमा काम गर्नेलाई नयाँ कपडा र जुत्ता दिने गरिन्थ्यो । तर, पनि घाँटी हेरेर हाड निल्नु पर्छ भने झै हुने खाने र हुँदा खानेले आफ्नै स्तरअनुसार दशैं मनाउँथे । दशैंका लागि धेरैले आफ्नै घरमा भएका वस्तुलाई जोहो गरेर राख्थे ।

अहिले नयाँ कपडा लगाउन दशैं कुर्न पर्दैन, इच्छा अनुसार जतिसुकै बेला लगाउन सक्ने गरी मानिसको आयस्तर बढेको छ । आयस्तरमा आएको परिवर्तनसँगै दशैंमा तडकभडक भित्रिएको छ । दशैंमा नचाहिने खर्च गरेर अहिले पारिवारिक बजेटमा विचलन आएको छ ।
जीवनको ९ दशक पार गरिसकेका हिमालय शम्शेर सम्झदै भन्छन् ‘खसीबोका, च्याङ्ग्रा÷भेडा काटेको हेर्न खुब मन पथ्र्यो । घरमै काटिन्थ्यो । त्यो अहिले छैन । मान्छेले दुःख गर्न छाडे । सबै वस्तु तयारी अवस्थामा पाइन्छ । यसले हाम्रो संस्कारलाई ओझेलमा पारेको छ । त्यतिबेला नहुनेले मात्र बजारमा किन्थे ।

तर, अहिलेजस्तो रोजी छाडी किन्न भने पाइदैन थियो । साउन भदौदेखि नै भारतबाट दशैंका लागि सामानहरू ल्याउने प्रचलन त्यति बेला पनि थियो । तर, ठूलो खर्च हुँदैन थियो । विशेषः दशैं केन्द्रीत नयाँ नोट राष्ट्र बैंकले साट्ने प्रचलन त्यतिबेला देखिनै थियो ।
पछिल्लो वर्ष नेपालीको घरायसी खर्च बढेको छ । गत वर्ष नेपालीले करिब २३ खर्ब रुपैयाँ खर्च गरेका छन् । सो खर्चमा केही बढ्यो भने पनि दशंैंमा मात्रै हुने खर्च करिब आठ खर्ब पुग्छ । ६ दशकअघिको बजार अहिले बजारमा आकाश जमिन फरक छ,’ उनी भन्छन् ‘पहिला कहाँ यस्तो थियो र काठमाडौंका अधिकांश भाग खेतैखेत थियो ।’

तर अहिले समयक्रमसँगै वस्तु तथा सेवाको उपलब्धता बढेको छ । दसैं आएसँगै बजारमा चहलपहल बढेको छ । जता हेर्यो उतै भिडभाड छ, व्यापारीदेखि सर्वसाधारणको । अन्य वर्षभरि हुने खर्च मध्ये एक तिहाइ दशैंमा हुने अनुमान सरकारले गरेको छ । किराना सामानदेखि लुगा–कपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्ट ड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिजलगायत सरसामान दशैंमा बढी नै खरिद गर्ने गरिन्छ । कसै कसैले दशंैमा गाडी किन्ने योजना समेत बनाएका हुन्छन् ।

यतिमात्र होइन दशैंमा होटल/रेस्टुरेन्टदेखि सार्वजनिक सवारी साधन, एयरलाइन्सको कम्पनीहरूले पनि टन्न कमाउँछन् । चाडपर्वलाई लक्षित गरी बिक्रेता तथा सेवा प्रदायकले विभिन्न ‘अफर’ ल्याएका हुन्छन् । हरेक वर्ष मूल्य बढ्दै गएको छ । पहिला दशैंमा घरबाट बाहिरिएका समेत घरमा जम्मा हुन्थे । अहिले घुम्न जाने कल्चरको विकास भएको छ । वर्षभरि पेशा व्यवसायमा लाग्नेहरूले दशैंमा स–परिवार घुम्न जाने प्रचलन बढ्दो छ ।

बजारदेखि मठमन्दिरसम्म व्यापार व्यवसाय बढेको छ । टोलटोलमा दुर्गाका मूर्तिहरू स्थापना गर्ने प्रचलन बढ्दो छ । यो हाम्रो कल्चर होइन । समयसँगै बजार विस्तार मात्रै होइन धर्म र संस्कृति पनि ट्रान्सफर भएर आएको हो । यद्यपि मूर्ति विसर्जन गर्दा वागमतीमा बगाइने फोहोरले वातावरणलाई समेत दूषित बनाएको छ । यो नभएको भए राम्रो हुन्थ्यो । तर, पनि परिवर्तनलाई रोक्न सकिदैन र रोक्न पनि हुँदैन ।

संचार माध्यमको आगमनपछि विज्ञापनले बजारलाई फराकिलो पार्दै गयो । विदेशी बजारमा बनेका सामानहरू नेपाल भित्र्न थाले । २०१३/१४ साल जतिबेला म नेपाल राष्ट्र बैंकको गभर्नर थिए । १०/१५ हजार रुपैयाँ भयो भने दशैं सकिन्थ्यो । अहिले दुई/तीन लाखले पनि पुग्दैन । पैसा महँगो थियो । वस्तुहरू सस्ता थिए । नेपालको जनसंख्यानै एक करोडको हाराहारीमा थियो । अहिले गिफ्ट कल्चर र पार्टी प्यालेसमा गएर दशैंको पार्टी दिने अध्यासले खर्च बढाएको छ ।

उतिबेला पनि भारतीय बजारबाट दशैंका लागि नेपाली बजारमा प्रशस्त सामान भित्र्न्थ्यो । केही सामान अन्य देशबाट पनि आउने गथ्र्यो । विदेशी मुद्रा सहज नहुँदा तेस्रो मुलुकबाट सामान ल्याउन सजिलो थिएन । डलर भनेको पन्ना, हिरा मोती जहवारत जस्तै थियो । सामान आयात गर्न आवश्यक पाउण्ड भारतीय रिजर्भ बैंकबाट लिनु पर्ने अवस्था थियो । राष्ट्र बैंक स्थापना हुुनुअघि हामीसँग वैदेशिक खाता थिएन ।
त्यति बेला नेपालबाट निर्यात भनेको खासमा जुटमात्रै थियो । धान, चामल, तेलमा हामी आत्मनिर्भर थियौं । कटन कपडा भारतबाट र ऊनका कपडा तेस्रो मुलुकबाट आउँथ्यो ।

दुई हजारमा राम्रो सुट पिस आउँथ्यो । ४/५ सयमा ब्राण्डेड जुत्ता नै आउथ्यो । अहिले किफायत गर्दा पनि १५ हजार रुपैयाँ त सुट कै पर्छ । दशैंका बेला अहिलेमात्रै होइन पहिला सामान्य अवस्थाको भन्दा अलिकति मूल्य वृद्धि हुन्थ्यो । सामानको मूल्य साउन/भदौदेखि नै बढ्न थाल्थ्यो । नाफा त महिला पनि व्यापारीले गर्थो । तर अहिले खर्च बढी भएकोले नाफा पनि बढी देखिएको हो । मान्छेले आफ्नो स्तरअनुसार १५/१६ हजार रुपैयाँ पर्ने ब्याकलेभल, रेडलेभल, ब्ल्यू लेभल, सुट पिसजस्ता उपहार दिन थालेका छन् ।

पहिला दशैंमा आफूले मान्नुपर्ने आफ्नै घर, मामाघर वा आफन्तसँगमात्रै टिका लगाउने प्रचलन थियो । पंचायती व्यवस्थाले राजा, प्रधानमन्त्री र आफूभन्दा उच्च ओहोदाका मानिससँग टिका थाप्ने कल्चर भित्र्यो । उतिबेला मामा घरमा टिका लगाउँदा ५ रुपैयाँ दक्षिणा पाइन्थ्यो । पहिला टिका थाप्नका लागि उर्दी नै जारी हुन्थ्यो निजामतिदेखि जंगीसम्मका अधिकृत स्तरका कर्मचारीलाई । दशैंको टिकामा पारिवारिक फेवर आउन छाडेको थियो । अहिले फेरि टिका पहिलाको जस्तै पारिवारिक बन्दै गएको छ ।

धर्म र राजतन्त्रसँगै थियो । दरवारमा टिका थाप्न जानु पथ्र्यो । राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रसँग टिका थाप्न जान्थ्यौं । दशैं बाहुन, क्षेत्री वा हिन्दु धर्मालम्बीको मात्रै थिएन । मुसलमानले पनि दशैं मान्थ्यो ।  घटस्थापनाको दिनदेखि कोजाग्रथ पूर्णिमासम्म प्राय कार्यालयहरू पनि विदा हुन्थ्यो । अहिले सरकारले विदा कटौती गर्दै लगेको छ । यसले दशैंलाई चटारो बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.