काठमाडौंमा सनराइज बैंकको निःशुल्क बस सेवा, कुन कुन रुटमा चल्छ ?

  २०७६ असोज १७ गते १७:१३     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान चाँड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ । दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने समस्यालाई केहि हदसम्म न्युनिकरण गर्ने अभिप्रायले बैंकले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।

उक्त सेवा बैंकले दशैको टिकाको दिन अर्थात आश्विन २१ गते, मंगलबार संचालन गर्ने जनाएको छ । “सनराइज दशैं यात्राहामी संग संगै” भन्ने नाराको साथ बैंकले काठमाडौंको दुईवटा रुटमा बस सेवा संचालन गर्नेछ । जसमा बुढानिलकण्ठदेखि लगनखेलको रुट र चक्रपथ परिक्रमाको रुट रहनेछन् ।

साथै, बैंकले आश्विन महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधाहरुमा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.