एनसेलको दशैं अफरः प्रत्येक रिचार्जमा १ जिबीसम्मको डेटा बोनस

  २०७६ असोज १७ गते १६:४६     विकासन्युज

काठमाडौं । दशैंको अवसरमा एनसेलले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दामाथिको रिचार्जमा डेटा बोनस पाउँनेछन् ।

१०० रुपैयाँदेखि १००० रुपैयाँसम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा १०० एमबी देखि १ जिबीसम्म डेटा बोनस पाउनेछन् । यो योजना शुक्रबार (असोज १७) बाट १५ दिनका लागि संचालनमा रहने छ ।

यो योजनामा रु १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन् । रु २०० रिचार्ज गर्नेहरुले दुई दिन समय सिमा रहेको २०० एमबी र रु ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने छन् ।

त्यसैगरी, रु ५०० रिचार्जमा ग्राहकले पाँचदिनभित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने रु १००० को रिचार्जमा १० दिन समयसिमा रहेको १ जिबी डेटा डेटा पाउने छन् ।

रिचार्जमा बोनस पाईने यो अफरले ग्राहकलाई थप फाईदा प्रदान गर्ने र चाडपर्वको बेलामा सम्पर्कमा रहि रहनका साथै यसलाई उल्लासमय बनाउन सहयोग पुर्याउने एनसेलको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.