कृषि विकास बैंकको अफिसियल बैकिङ्ग पार्टनरमा एनआरएन

  २०७६ असोज १७ गते १५:१०     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक र एन.आर.एन पार्टनर कम्पनीबीच अफिसियल बैकिङ्ग पार्टनरको रुपमा कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिलकुमार उपाध्याय र एन.आर.एन पार्टनर र आईडिया फर नेपालको तर्फबाट अध्यक्ष गोर्कणप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताले विदेशबाट प्राप्त हुने रेमिट्यान्स रकमलाई उत्पादन क्षेत्रमा उपयोग गर्न थप मद्दत पुग्ने छ । व्यवसायिक कृषि, पर्यटन होटेल इ-पारकिङ्ग, रेमिट्यान्स र भुक्तानी सेवा व्यवसाय थप वृद्धि हुने देखिन्छ ।

कार्यक्रममा कृषि विकास बैंकका सीईओ उपाध्यायले यस सम्झौताले भविष्यमा रेमिट्यान्स व्यवसाय अभिवृद्धिका लागि थप टेवा पुग्नका साथै रेमिट्यान्स रकमको पूर्ण सदुपयोग गर्न र विदेशमा रहने नेपालीहरुले नेपालमा रकम पठाउन थप सहज र सरल हुन समेत मद्दत पुग्ने बताएका छन् ।

सोहि अवसरमा एन.आर.एन पार्टनरका अध्यक्ष श्रेष्ठले भविष्यमा यस सम्झौताका कारणले दुर्गम ग्रामिण क्षेत्रहरुमा रेमिट्यान्स सेवालाई सहज र सरल सहित पहुंच वृद्धि गर्न सम्भावित सहकारी तथा व्यक्तिहरुलाई एजेन्टको रुपमा परिचालन गर्न सकिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.