एघार किलो चाँदीसहित भारतीय युवक पक्राउ

  २०७६ असोज १७ गते १२:४१     विकासन्युज

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–भिठ्ठामोड सडकखण्डमा पर्ने खैराचौकमा बिहीबार ११ किलो चाँदीसहित एक भारतीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको सीतामढी जिल्लाको हनुमाननगर ग्राम पञ्चायत वडा नं १ बस्ने राजेन्द्र साहका छोरा २५ वर्षीय सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।

युवक साह ज१२प ७३३ नंको मोटरसाइकलमा चढी जलेश्वरबाट भिठ्ठामोडतर्फ जाँदै गर्दा जलेश्वर नपा–२ स्थित खैराचोकमा खटिएका नेपाल प्रहरीको टोलीलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट १० किलो ९०० ग्राम चाँदी बरामद भएको प्रहरी उपरीक्षक अधिकारीले बताएका हु् ।

युवक साहले नेपालबाट चाँदी तस्करी गरी भारतमा लैजान लागेको अवस्था प्रहरीले उनलाई पक्राउ गरेको हो । चाँदीसहित पक्राउ परेका युवक साहलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.