छिरीङ डोल्मा नेपाल पर्यटन बोर्डको सदभावना दुत, नियुक्त भए लगत्तै अमेरिका प्रस्थान

  २०७६ असोज १७ गते १२:४५     विकासन्युज

काठमाडौं । लामो समयदेखि नेपालको पर्यटनलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन व्यववसायी तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन बोर्ड बाट आगामी २ वर्षे कार्यकालको लागि पर्यटन सद्भावनादुत नियुक्त भएकी छन् ।

भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादुतमा नियुक्त गरेको हो । शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आएकी छिन । मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रवद्र्धनको क्षेत्रमा क्रियाशिल शेर्पा सद्भावनादुत नियुक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका प्रस्थान समेत गरेकी छन् । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया गर्ने बोर्डले जनाएको छ ।

सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पालाई सद्भावनादूतको रुपमा नियुक्त गर्दै बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले ‘भिजिट नेपाल २०२०’ सफल पार्न शेर्पालाइ नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।

नेपालको पर्यटन प्रबद्र्धन, नेपाली कला, संस्कृतिको सम्वद्र्धन गर्दै भ्रमण वर्षलाई सफल बनाउन आफू हर तवरले क्रियाशिल हुने शेर्पाको प्रतिबद्धता छ । नेपालको पर्यटन प्रबद्र्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् ।

मिसेस नेपाल टुरिजमको उपाधि जितेर आफू नेपालको पर्यटन प्रबद्र्धनको क्षेत्रमा आधिकारीक रुपमा पाइला चाल्ने अवसर प्राप्त गरेको स्मरण गर्दै शेर्पाले सरकारले सद्भावनादुत नियुक्त गरेर आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रवद्र्धनमा भुमिका खेल्न थप बाटो खुलेको भन्दै खुसी व्यक्त गरिन् । शेर्पाले नेपालको विभिन्न शहर र पर्यटकीय क्षेत्रहरुमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी जनाउने छिन् भने विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गर्नेछिन् ।

सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन सुरज वैद्यको संयोजकत्वमा समिति बनाएर कार्य अघि बढाएको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले मन्त्री योगेश भट्टराईको नेतृत्वमा विभिन्न नीति निर्माण र संयन्त्र निर्माण गरेको छ ।

छिरिङ डोल्मा शेर्पा नेपाल पर्यटन बोर्डको पर्यटन सदभावना दुतमा नियुक्त भए सँगै अमेरिका नेपालको पर्यटन प्रवद्र्धनको लागि अमेरिका प्रस्थान गरेकी छिन भने उनलाई अमेरिका प्रस्थान गर्नु अघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराईले शुभकामना समेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.