गुरु नानकको ५५० औं जन्मदिनको अवसरमा सिक्का सार्वजनिक

  २०७६ असोज १६ गते १८:४९     विकासन्युज


काठमाडौँ । गुरु नानकको ५५० औं जन्मदिनको अवसर पारेर नेपाल राष्ट्र बैंकले रु. १००, १००० र २५०० को सिक्का सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका गभर्नर चीरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले एलफ्ट काठमाडौं ठमेलमा सिक्का सार्वजनिक गरेका हुन् ।

सिख समुदायका प्रख्यात सदस्यहरूको साथमा “सिख हेरिटेज अफ नेपाल”नामक पुस्तक पनि विमोचन गरिएको थियो । ५०० वर्ष अगाडि गुरुनानकले काठमाडौंको बाहिरी इलाका बालाजु क्षेत्रमा भ्रमण गरेका थिए भन्ने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.