निर्धन उत्थान लघुवित्तले गर्यो ब्यवसायिक गाई/भैंसीपालन तालिम

  २०७६ असोज १६ गते १६:५४     विकासन्युज


काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको रुपन्देही जिल्ला स्थित सितलनगर शाखा मार्फत ३० जना र पर्सा जिल्ला स्थित पोखरिया शाखा मार्फत ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा असोज १२ गतेदेखि १५ गतेसम्म ‘ब्यवसायिक गाई/भैंसीपालन तालिम’ सम्पन्न गरेको छ ।

तालिममा वाह्य विशेषज्ञ सहित संस्थाका शाखा प्रमुख र कार्यक्रम अधिकृतहरु प्रशिक्षक रहेका थिए । सितलनगर स्थित कार्यक्रमको संचालन शाखा प्रमुख कृष्णबहादुर दर्जी र कार्यक्रम अधिकृत पूर्णबहादुर खड्काको उपस्थितिमा भएको थियो । साथै, पोखरिया स्थित कार्यक्रमको संचालन शाखा प्रमुख रामरक्षा यादव र कार्यक्रम अधिकृत राधेश्याम साहनीको उपस्थितिमा भएको थियो ।

गाईपालनको परिचय, गाईपालनको महत्व, नेपालमा पालिने विभिन्न स्थानीय तथा उन्नत नश्लकागाईकोे जातिय परिचय, कमीकमजोरी, संरक्षण तथा विकास, दुग्ध उत्पादनमा गाई/भैंसीको योगदान, दुधालु गाई छनौट गर्ने प्रक्रिया र यसको महत्वगाईको भाले खोज्ने उमेर, भाले खोजेको समय पत्तालगाउने, भाले लगाउने उत्तम समय र पहिचान गर्ने तरीका लगायतका विषयमा तालिममा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.