मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

  २०७६ असोज १६ गते १६:४२     विकासन्युज


काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बंैकको साना तथा लघु बैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहेका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

उक्त रकम स्व. विष्णुमाया वरालको छोरा तथा निजले इच्छाएको व्यक्ति सूर्यप्रसाद वराललाई क्षेत्रीय कार्यालय पोखराका प्रमुख वावुराम ढकाल, बुढिबजार शाखाका प्रमुख रामचन्द्र रानाभाट तथा साना लघु वैंकिङ्क प्रमुख धु्रवराज घिमिरे र पोखरा–२७, का वडाध्यक्ष धनवहादुर नेपालीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

निजको आकस्मिक मृत्यु पश्चात् भुक्तान गरी सकेको साँवा र ब्याज बापतको रकम रु. २७३,९८३/–(दुई लाख त्रिहत्तर हजार नौ सय त्रियासी रुपैयाँमात्र) र काजकिरिया खर्च रु ५,०००/– (पाँचहजार मात्र ) समेत गरी रु.२७८,९८३/– (अक्षरुपी दुई लाख अठहत्तर हजार नौ सय त्रियासी रुपैयाँमात्र) बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.