दशैंको बिदामा पनि सिटिजन्स बैंकको नगद काउन्टर खुल्ने, बिहान ११ बजेदेखि सेवा पाइने

  २०७६ असोज १६ गते १६:००     विकासन्युज

काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दशैंका सम्पूर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ । बैंकले ग्राहकहरूलाई सरल, सहज, सुलभ तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा दिन लागेको हो ।

बैंकले असोज १८, १९, २० र २२ गते काठमाडौं उपत्यका भित्रका दरबारमार्ग, न्युरोड, कुमारीपाटी, कोटेश्वर, कलंकी, भैंसेपाटी र उपत्यका बाहिरका बिराटनगर, वीरगंज, जनकपुर, नारायणघाट र पोखरा शाखाबाट नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।

३६५ दिन बैंकिंग सेवा प्रवाह गर्ने योजनाअन्तर्गत बैंकले विजयादशमीको दिन(आश्विन २१ गते)काठमाडौं उपत्यकाभित्रका दरबारमार्ग र कुमारीपाटी शाखाबाट नगद काउन्टर सेवा प्रवाह गर्नेछ ।

उल्लेखित शाखाहरुबाट सेवाग्राहीहरुले बिहान ११ः०० बजे देखि दिउँसो २ः०० बजे सम्म नगद काउन्टरको सेवा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.