रेनोको ‘क्वीड फेसलिफ्ट’ रु. दुई लाख ८३ हजारमै पाइने

  २०७६ असोज १६ गते ९:५७     विकासन्युज


काठमाडौँ । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले आफ्नो पपुलर मोडेल ‘क्वीड ह्याचब्याक’ को ‘फेसलिफ्ट’ भर्जन भारतमा सार्वजनिक गरेको छ । इन्टेरियर अपडेट गरिएको ‘रेनो क्वीड फेसलिफ्ट’ को भारतीय बजारमा सुरुवाती मूल्य भने रु. दुई लाख ८३ हजार तोकिएको छ ।

यस रिफ्रेस गरिएको मोडेलका स्ट्याण्डर्ड, आरएक्सइ, आरएक्सएल, आरएक्सटि र क्लाइम्वर गरी ५ अलग भेरियन्टहरु छन् भने यी सवै भेरियन्टहरु दुई अलग इञ्जिन अप्सन्स्का साथ उपलब्ध रहेका छन् ।

ड्राइभर्स एयरब्याग, एबीएस सिस्टम, ईबीडी सिस्टम, सिट बेल्ट रिमाइन्डर, स्पिड अलर्ट सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर्स जस्ता फिचरहरु यस कारका सवै भेरियन्टहरुमा पाउन सकिन्छ । तर १४ इञ्च एलोयस, एलइडि डिआरएल्स, म्यानुअल एसी, रियर सेन्टर आर्मरेस्ट, पेसेन्जर एयरब्याग, रियर पावर विन्डो र त्यसैगरी एप्पल कार प्ले र एन्ड्रोइड अटो कम्प्याटिविलिटी सहितको ८.० इञ्च टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टमजस्ता फिचरहरु चाहिँ यस कारका अलि महँगा भेरियन्टहरुमा मात्र दिइएको छ ।

‘रिनो क्वीड फेसलिफ्ट’ ७९९ सीसी र त्यसैगरी १.० लि. ३ सिलिण्डर पेट्रोल इञ्जिन गरी दुई इञ्जिन अप्सनहरुमा उपलब्ध रहेको छ । ७९९ सीसीको इञ्जिनले ५३ बिएचपिको पावर र ७२ एनएमको टर्क प्रोड्युस गर्छ भने १.० लि. को इञ्जिनले ६७ बीएचपीको पावर र ९१ एनएमको टर्क प्रोड्यूस गर्दछ । ५–स्पिड म्यानुअल ट्रान्समिशन दिइएको यस कारको १.० लि. इञ्जिन भएको भेरियन्ट चाहिँ अटोमेटिक म्यानुअल ट्रान्समिशनमा पनि उपलब्ध रहेको छ ।

भारतीय बजारमा रेनो क्वीड फेसलिफ्टको टप भेरियन्ट ‘क्लाइम्वर एएमटी’ को मूल्य चाँही रु. चार लाख ८४ हजार तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.