लालीगुराँस बहुउद्देश्यीय सहकारीले मनायो २१ औँ वार्षिकोत्सव

  २०७६ असोज १६ गते ९:२४     विकासन्युज


ललितपुर । पुल्चोक स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औ वार्षिक उत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही ,सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाद्वारा केक काटेर वार्षिक उत्सव मनाएको छ ।

कार्यक्रममा संचालक समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति र शृयर सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सचिव एंव प्रमुख कार्यकारी निर्देशक भण्डारीले २१औ वार्षिकोत्सवको अवसरमा देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडि बढाउदै लैजाने बताए ।
संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै उनले भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने बताए ।

२० वर्ष पूरा गरेको संस्थाले गएको वर्ष उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ । ९७औ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदेश नं.३ बाट श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरेको थियो ।

यो अवधीमा ललितपुरको चापागाँउ, काठमाडौंको चाबहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउण्टर संचालन गरी सकेको छ । चालु वर्ष भित्र काठमाडौंको न्यूरोड, गोंगबु र महाराजगंज, भक्तपुरको सुर्यविनायक, चितवनको पर्सा र भरतपुर, गण्डकीको गोरखा, कास्कीको पोखरा र मकवानपुरको हेटौडामा सदस्य सुविधा काउन्टर संचालन गर्ने तयारी गरेको छ ।

यसैबीच संस्थाको स्थापना दिवसको अवसरमा संस्थाले श्री लालिगुँरास मा.वि.मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी, विभिन्न समिति र उपसमितिका सदस्य, सल्लाहकार, कर्मचारी तथा शेयरसदस्य गरी जम्मा ५० जनाले रक्तदान गरेका थिए । सोही अवसरमा लालीगुँरास अस्पतालले निःशुल्क स्वाथ्य शिविर संचालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.