२०२० अप्रिलदेखि नेपालमा पनि ‘यूरो-६’ मापदण्डको इन्धन, कति बढ्ला मूल्य ?

  २०७६ असोज १५ गते १५:४१     राजाराम न्यौपाने

काठमाडौं । नेपाल आयल निगमले यूरो-६ मापदण्डको इन्धन बिक्री गर्ने भएको छ । ईन्डियन आयल कर्पोरेसनले आगामी अप्रिलदेखि यूरो-६ मापदण्डको इन्धन मात्रै बिक्री गर्ने भएपछि नेपालमा पनि यूरो-६ मापदण्डको इन्धन बिक्री हुने भएको हो । नेपालमा हाल ‘यूरो –४’ मापदण्डको इन्धन बिक्री  हुँदै आएको छ ।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले २०२० अप्रिलको सुरुवातदेखि नेपालमा युरो सिक्स मापदण्ड इन्धन बिक्री हुने बताए । उनले भने-‘हामीले भारतसँग इन्धन खरिद गर्ने हो । भारतमा युरो सिक्स मापदण्ड इन्धन बिक्री शुरु भए पछि उसले हामीलाई पनि यूरो-६ मापदण्ड इन्धन दिन्छ ।’ ‘आईओसीले नयाँ मूल्यसूची नपठाएसम्म यूरो सिक्सको मूल्य कति बढ्छ भनेर भन्न सकिन्न’–निगम प्रवक्ता गोइतले भने ।

यता, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ बरिष्ट उपाध्यक्ष विजयबहादुर सुवारले यूरो-६ मापदण्डको इन्धन वातावरणीय दृष्टिकोणले फाइदाजनक हुने बताए । यो इन्धन प्रयोगमा आएपछि गाडीहरूबाट कम प्रदूषण हुने बताए ।

‘युरो सिक्स’ मापदण्डको इन्धन प्रयोग गर्दा सवारी साधनको इञ्जिन बिग्रिने सम्भावना कम र माइलेज पनि बढ्ने उनले बताए । भारतबाट युरो सिक्स मापदण्डको इन्धन ल्याएर नेपालमा परीक्षण समेत भइसकेको आयल निगमले जानकारी दिएको छ ।

यता, ठूला ग्राहकको लागि उच्च गुणस्तरको यूरो-६ पेट्रोल आयात गर्न खुल्ला गरेको आयल निगमले जनाएको छ । निगमका प्रवक्ता गोइतले ठूला ग्राहकको माग अनुसार यूरो-६ पेट्रोल आयातको बाटो खुल्ला गरेको जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.