दशैंमा हुण्डाई गाडी चढेर घर जानेहरुका लागि विशेष सुविधा, हाईवेमा फ्रि चेक अप क्याम्प स्थापना

  २०७६ असोज १५ गते १३:४२     विकासन्युज


काठमाडौँ । नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टर कन्टिनेनटल प्रालिले हण्डाई गाडीहरुको लागि ‘फ्रि चेक अप क्याम्प’ आयोजना गरेको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुको लागि राजमार्गका विभिन्न स्थानहरुमा फ्रि चेक अप क्याम्प स्थापना गरेको हो । नेपालीहरुको महान चाड बडा दसैं परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने उद्देश्यले हुण्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी फ्रि चेक अप क्याम्प स्थापना गरिएको हो ।

फ्रि चेक अप क्याम्पगराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ । यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड९काँकडभित्ता रोड), इटहरी (मिलन चोक), कुरिनटार (सिरिन हाईवे रिसोर्ट, डालिमा), भरतपुर(बाल मन्दिर चोक), चौराहा(बुटवल), नेपालगन्ज (कोहलपुर चोक), धनगढी (अत्तरिया चोक) र वीरगन्ज (पथलैया चोक) मा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिएको छ ।

यो कार्यक्रम असोज १६ देखि १९ गते सम्म बिहान १० बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुने लक्ष्मी इन्टर कन्टिनेनटल प्रालिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.