‘यूनाईटेड सिमेन्टको उपहार सररर कार’ योजना, कुपन नं. १५७८७ स्यान्ट्रो कार बिजेता

  २०७६ असोज १४ गते १८:३९     विकासन्युज


काठमाडौँ । यूनाईटेड सिमेन्टस् प्रालिको ग्राहक योजना ‘यूनाईटेड सिमेन्टको उपहार सररर कार’ अन्र्तगतको लक्की ड्र कार्यक्रम मंगलबार काठमाडौँ त्रिपुरेश्वरको डीईसीसी हलमा सम्पन्न भएको छ ।

बैशाखदेखि असार मध्येसम्म लागु गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुण्डाई स्यान्ट्रो कार उपहार लक्की ड्र बाट छनोट गरिने उद्योगको योजना अनुसार सो कार्यक्रम सम्पन्न भएको हो ।

कुपन नं. १५७८७ स्यान्ट्रो कार बिजेता बन्न सफल भएको छ भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् । यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्र सहित कात्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरी उपहार दाबी गरिसक्नु पर्ने उद्योगले जनाएको छ ।

कार्यक्रममा यूनाईटेड सिमेन्टका प्रबन्ध निर्देशक विकास दुगडले सबै बिजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहबद्र्धक ग्राहक योजना भविष्यमा पनि यूनाईटेड सिमेन्टस्ले ग्राहक माझ पस्कने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.