एनआईसी एशियाको ‘दशैं सुपर चमत्कारिक उत्सव योजना’, भाटभटेनीमा सामान किन्दा १५ प्रतिशत छुट

  २०७६ असोज १४ गते १७:३९     विकासन्युज


काठमाडौँ । एनआईसी एशिया बैंकले यस वर्षको दशैंमा आफ्ना ग्राहकहरुका लागि ‘दशैं सुपर चमत्कारिक उत्सव योजना’ ल्याएको छ ।

उक्त योजना अन्तरगत विभिन्न शहर र ठाँउहरुमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा बैंकका ग्राहकहरुले डेबिट एवम् क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% वा प्रत्येक रु. ६,६,७६/- को खरिदमा रु १,०००/- सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

असोज ८ गतेदेखि शुरु भएको यो योजनासँगै एनआईसी एशिया बैंकको सबै आउटलेटहरुमा सपिङ गर्न आउनेहरुको भीड लागेको छ । छुटको आकर्षणसँगै स्टलमा उपस्थित बैंकका प्रतिनिधिहरुको सहयोगमा अहिलेसम्म हजारौं नयाँ कार्डहरु इस्यु भइसकेको र प्रतिदिन तीन करोडको हाराहारीमा कारोबार भइरहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.