अल्पविकसित राष्ट्रहरुमा स्वास्थ्य सेवाको अवस्थाबारे नर्भिकको प्रस्तुति

  २०७६ असोज १४ गते १६:५८     विकासन्युज


काठमाडौं । कन्फडेरेसन अफ इन्डियन इण्डष्ट्रीद्वारा भारतको कोलकातामा आयोजित १ दिने विशेष गोष्ठीमा नर्भिक इन्टरनेशनल हस्पिटलले अल्पविकसित एवम् विकासोन्मुख राष्ट्रहरुमा स्वास्थ्यसेवाको अवस्थाबारे अवधारणा पत्र प्रस्तुत गरेको छ ।

असोज ९ गते आयोजित गोष्ठीमा भारत लगायत अन्य दक्षिण एशियाली राष्ट्रहरुका निजी क्षेत्रका कर्पाेरेट हस्पिटलहरुको सहभागिता रहेको थियो । उक्तगोष्ठीमा नर्भिकको प्रतिनिधित्वगर्दै यसको मातृ संस्थाका कार्यकारी निर्देशक मनिस खेम्काले अवधारणा पत्र पेश गर्दै नेपालमा हाल विद्यमान स्वास्थ्य सेवाको अवस्थाबारे प्रकाश पारे ।

उनले हाम्रो परिपे्रक्ष्यमा हाल विद्यमान स्वास्थ्य सेवाका प्राविधिक पक्षमा टिप्पणी गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई फराकिलो पार्न तथा आधारभूत स्वास्थ्य सेवा सर्वसुलभ र सबैको पहुँच भित्र कसरी पार्ने भन्ने कुरामा पनि जोड दिए ।

प्रत्येक वर्ष गुणस्तरीय स्वास्थ्य सेवाको खोजीमा नेपालीहरूले करिब १ अर्ब अमेरिकी डलर नेपाल बाहिर खर्च गर्ने अनुमान रहेको बताउँदै त्यसलाई नेपालभित्रै राख्न एवम् विश्वसनीय स्वास्थ्य सेवा पस्कन आफूहरु तयार भएको खेम्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.