पैसाकाे काराेबार घट्याे, डिजिटल काराेबारकाे रेकर्ड छैन

  २०७६ असोज १४ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपाली समाजमा नाेटकाे प्रयाेग घट्न थालेकाे छ । प्रविधिकाे विकास र प्रयाेगसँग क्यासलेस काराेबारमा वृद्धिले नगद पैसाकाे काराेबार घटेकाे अधिकारीहरूले बताएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७६ असार मसान्तसम्म बजारमा चार खर्ब ९४ अर्ब रुपैयाँ नोटको प्रयोग भएको थियो । भदौ मसान्तमा चलनचल्तीकाे नाेट चार खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ ।

पहिलाे पटक चलनचल्तीमा रहेकाे नाेटमा गिरावट देखिएकाे नेपाल राष्ट्र बैंकका प्रबक्ता लक्ष्मी प्रपन्न निराैलाले बताए । गत वर्ष चलनचल्तीकाे पैसा स्थीर देखिएकाे र यस वर्षकाे शुरूमा गिरावट देखिएकाे उनले बताए ।

‘विगतमा हरेक वर्ष २० देखि २५ प्रतिशतले नगद प्रयोग वृद्धि भएको थियो । तर पछिल्लो एक वर्षको अवधिमा वृद्धि भएन’ प्रवक्ता निरौलाले विकासन्युजसँग भने-‘गत वर्ष आर्थिक वृद्धि ७ प्रतिशत र मुद्रा स्फीति ५ प्रतिशत रहेको थियो । आर्थिक वृद्धि र मुुद्रा स्फीति दुबै बढेकाे बेलामा नाेटकाे सर्कुलेशन स्थीर हुनु भनेकाे नगद काराेबार कम हुनु हाे ।’

राष्ट्र बैंकले पनि नाेटकाे प्रयाेग कम गराउदै लैजाने नीति लिएकाे र सूचकाङ्क पनि सकारात्मक देखिएकाे उनले बताए ।

विभिन्न व्यक्ति, क्षेत्र वा निकायमा जम्मा भएको पैसालाई नोट सर्कुलेटरी भनिन्छ । जनतासँग, बैंकिङ् भल्टमा, राष्ट्र बैंकको बैकिङ् कार्यालयमा, सरकारी निकायमा, स्थानीय निकायसँग तथा व्यापारीसँग भएको नगदकाे याेगलाइ नाेट सर्कुलेशन भनिन्छ । उनीहरू सबैसँग भएको कूल पैसा गरेर हाल ४९२ अर्ब रुपैयाँ रहेको छ ।

नाेटकाे सट्टामा चेक भुक्तानी, डेविट तथा क्रेडिट कार्डकाे प्रयाेग, इन्टरनेट, मोबाइल वालेट तथा एप्पबाट हुने काराेबारले नगद काराेबार कम भएकाे हाे । यस्ताे काराेबार सजिलाेलाई र सुरक्षित बनाउन पछिल्लाे समय बैंक तथा निजी क्षेत्रका कम्पनीहरूले पनि प्रविधिमा धेरै लगानी गर्दै आएका छन् । डेविट तथा क्रेडिट कार्डकाे प्रयाेग, इन्टरनेट, मोबाइल वालेट तथा एप्पबाट कति काराेबार हुन्छ भन्ने रेकर्ड भने राष्ट्र बैंकसँग छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.