बजारमा सुजुकीका ६ नयाँ बाइक, आइतबारदेखि एक्सचेञ्ज क्याम्प शुरु

  २०७६ असोज १३ गते १९:२७     विकासन्युज

काठमाडौँ । जापनिज मोटरसाइकल उत्पादक कम्पनी सुजुकी टू व्हीलर्सको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोबाइल्स प्रालिले नेपालमा सुजुकी ब्राण्डका ११३ सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकल र स्कुटरहरु विक्री गर्दै आइरहेको छ । कम्पनीले जनाए अनुसार सुजुकीका एकलाख ७९ हजार ९०० रुपैयाँ देखि लिएर चार लाख ९६ हजार ९०० रुपैयाँसम्म मूल्य पर्ने मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा बिक्री हुँदै आइरहेका छन् ।

भीजी सुजुकीले नेपाली बजारमा भरखरै मात्र जिक्सर एसएफ २५० मोटोजिपि, जिक्सर एसएफ २५०, जिक्सर २५०, जिक्सर एसएफ मोटोजिपि, जिक्सर एसएफ र जिक्सर गरी ६ ओटा नयाँ मोडेलका बाइकहरु भित्र्याएको छ, जसले बजारमा राम्रो पकड जमाउने अनुमान पनि गरिएको छ ।

कम्पनीले दशैं र तिहारको उपलक्ष्यमा फेस्टिवल अफर पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकहरुले सुजुकीको कुनैपनि मोटरसाइकल तथा स्कुटरको खरीदमा रु. १० हजार नगद छुट पाउनेछन् भने बम्पर पुरस्कारको रुपमा जिक्सर एसएफ २५० जित्ने मौका समेत पाउनेछन् ।

कम्पनीले यहि असोज १२ गते देखि १७ गतेसम्मका लागि एक्सचेञ्ज क्याम्प सञ्चालन गरेको छ जसअन्तर्गत कुनैपनि कम्पनीको पुरानो बाइक अथवा स्कुटरलाई विश्वप्रसिद्ध जापनिज ब्राण्ड सुजुकीको नयाँ बाइक वा स्कुटरसँग साट्न सकिनेछ ।  एक्सचेञ्ज क्याम्पमा कुनैपनि पुरानो बाइक अथवा स्कुटरको बजारमूल्य भन्दा रु. १५,००० थप गरी मूल्याङ्कन गरिनेछ भने जस्तोसुकै कण्डिसनको बाइक या स्कुटर भएतापनि सो को न्यूनतम मूल्याङ्कन रु. ३०,००० गरिनेछ । कम्पनीले जनाए अनुसार यो योजना नेपाल अधिराज्यभरिकै सुजुकी शोरुममा लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.