बजाजको ग्राण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा, जस्ताेसुकै बाइक साट्न सकिने

  २०७६ असोज १३ गते १९:०६     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले “बजाज ग्राण्ड एक्सचेन्ज मेला” भृकुटीमण्डपमा सञ्चालन गरेको छ । उक्त मेलामा ग्राहकहरुले आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

असोज १२ गतेदेखि शुरु भएको यो मेला असोज १६ गतेसम्म लागू हुनेछ । कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५,००० प्रदान गर्नेछ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निःशुल्क हेल्मेट, बाईक कबर, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन् ।

बजाजको ग्राण्ड एक्सचेन्ज मेलासँगै टेस्ट राइड पनि संचालन भइरहेको छ र ग्राहकहरुले हरेक टेस्ट राइडमा आकर्षक उपहारहरु पनि पाउनेछन् । ग्राहकहरुले यो बजाजको ग्राण्ड एक्सचेन्ज मेलामा पुरानो बाइकबाट नयाँमा अप्ग्रेड गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.