एनर्जाइजरको पावरबैंक अब नेपाली बजारमा

  २०७६ असोज १३ गते १८:१२     विकासन्युज


काठमाडौँ । आईएमएस ग्रुपले एनर्जाइजरको पावरबैंक नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । एनर्जाइजर, ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाईटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो निर्माता हो ।

एनर्जाइजरले निरन्तररुपमा टेक्नोलोजी नवप्रवर्तक भई पावर बैंक र वायरलेस चार्जिङ्गको उत्पादन गर्दै आएको छ । जसले मानिसको आज र भोलीको जीवन सरल पारेको छ । एनर्जाइजरसँग शक्तिशाली र पोर्टेवल दायराका पावर बैंकहरु छन् । जसले तपाईंको एन्ड्रोइड वा एप्पल स्मार्टफोन र अन्य विद्युतीय उपकरणहरु तुरुन्त चार्ज गर्नेछ ।

हाल कम्पनीले एनर्जाइजरको उत्पादनहरू स्मार्ट डोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो र चाँडै नै देशभर मोबाइल फोन आउटलेटहरूमा उपलब्ध हुने आईएमएस ग्रुपका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.