सिटी एक्सप्रेसले मानव सेवा आश्रमलाई १२ सय थान ज्याकेट सहयोग गर्ने, प्रधानमन्त्रीद्वारा सम्मानित

  २०७६ असोज १३ गते १६:३३     विकासन्युज


काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औँ आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान ग्रहण गरे । समाजको सकरात्मक रुपान्तरण एवम् मानवीय सेवाको कार्यमा मानव सेवा आश्रमले पुर्याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस ग्रुप अन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाईनान्स, आईटी कम्पनी, टे«िडङ्ग, म्यानेजमेन्ट लगायतथुप्रै कम्पनीहरु आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.