खसीबोका तथा च्याङ्ग्रा बिक्री शुरु, खसीबोका प्रतिकेजी ५ सय ६० रुपैयाँ, च्याङ्ग्राको कति ?

  २०७६ असोज १३ गते १५:२८     विकासन्युज

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका तथा च्याङ्ग्रा बिक्री शुरु गरेको छ । जीउँदो खसीबोकाको प्रतिकिलो ५ सय ६० रुपैयाँमा र च्याङ्ग्राको ७ सय ४० रुपैयाँ मूल्य निर्धारण गर्दै बिक्री शुरु गरेको हो । कम्पनीले बजार मूल्य भन्दा प्रतिकिलो १० रुपैयाँ छुट दिने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए ।

दशैंलाई लक्षित खसीबोका ११ सय वटा र च्याङ्ग्रा १९ सय वटा उपत्यकामा भित्र्याइएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको छ । सरकारले दशैँका समयमा उपभोक्तालाई थोरै भए पनि राहत दिन विगतमा झैँ यसपटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो ।

कम्पनीले च्याङ्ग्रा मुस्ताङबाट खरिद गरेर ल्याएको हो । ती च्याङ्ग्रा चार दिन हिँडाएर ल्याएको बताइएको छ । कम्पनीले मुस्ताङबाट च्याङ्ग्रा र मकवानपुर तथा दाङबाट एक हजार खसीबोका खरिद गरेको हो । सरकारले सिधै किसानको गोठबाट खरीद गर्दा उनीहरुले पनि उचित मूल्य पाएको कम्पनी जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.